सिड्नीको अर्बन नेपाली समाजको अध्यक्षमा शर्मा


सिड्नी – सिड्नीको अर्बन नेपाली समाजको अध्यक्षमा रबिन्द्रकुमार शर्मा चयन भएका छन् । समाजको हालै आयोजित साधारणसभाबाट शर्मा अध्यक्षमा छानिएका हुन् । अध्यक्ष चयन भएपछि शर्माले नेपालीहरूको हक हितको पक्षमा दिलो ज्यान लगाएर काम गर्ने बताए ।

लामो समयदेखि अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै शर्मा विद्यार्थीको रुपमा १० वर्ष अगाडि अष्ट्रेलिया पुगेका थिए ।शर्माले सिड्नीमा आयोजना हुने नेपाली चलचित्र तथा सांस्कृतिक कार्यक्रममा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

सभाले समाजको उपाध्यक्षमा जितेन्द्र श्रेष्ठ र सविन डाँगी, महासचिवमा सन्तोष आचार्य, सचिवमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत, यूवा संयोजकमा युद्दिका कुँवर चयन भएका छन् भने सदस्यहरूमा मनोज अधिकारी, भूपेन्द्र कँडेल, आयुष अधिकारी ,निशान कार्की, धिरेनबहादुर थापा र दीपेन्द्र घिमिरे चयन भएका छन् ।

समाजले सल्लाहकारमा दिनेशकुमार पोखरेल, मनऋषि धिताल, रमेश बानियाँ, राजकुमार श्रेष्ठ, राजु गिरी र सशी राईलाई चयन गरेको छ । समाजका पूर्व अध्यक्ष अशोक उप्रेती भने संरक्षकको रूपमा चयन भएका छन् ।

प्रतिक्रिया