


एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज सिंहदरवारमा साँझ ७ बजे बस्ने तय गरिएको बताइएको छ ।
यसअघि (हिजो) मङ्गलवार सिंहदरबारमा कार्यदलको पहिलो बैठक बसेको थियो । बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको थियो ।
आजबाट कार्यादेशअनुरूप छलफल आरम्भ हुने नेताहरूले बताएका छन् ।

