लुम्बिनीको राष्ट्रियसभा उपचुनावमा विपक्षी गठबन्धनबाट पाण्डेयको उम्मेदवारी दर्ता



दाङ – जेठ १७ गते तय लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनका लागि विपक्षी गठबन्धनबाट दीर्घनारायण पाण्डेयले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनबाट पाण्डेयले उम्मेदवारी दिएका हुन् ।

एमालेबाट जितेका पाण्डेयले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । उम्मेदवारी दर्ता गराउँदै उनले आफ्नो जित सुनिश्चित भइसकेको दावी गरे । सत्तारुढ नेकपा एमालेले भने चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया