कोरोना संक्रमणबाट बाँकेमा थप ९ जनाको मृत्‍यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत थप ९ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

मृतकमध्ये ४ जना र सुर्खेत, कपिलवस्तु, दाङ, बर्दिया र रूकुम पूर्वका १/१ जना रहेका छन् ।

यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका–१० बाँकेकी ६२ वर्षीया महिलाको सोमबार साँझ ७:४५ बजे, बाँकेकै खजुरा गाउँपालिका-२ का ८५ वर्षीय पुरूषको मंगलबार विहान ४:३० बजे, नेपालगञ्‍ज उपमहानगरपालिकाका ५१ वर्षीय पुरुषको मंगलबार विहान ८:३० बजे र नेपालगञ्‍ज उपमहानगरपालिका-१९ बाँकेका ५७ वर्षीय पुरूषको मंगलबार विहान ८:४५ बजे मृत्यु भएको हो।

यस्तै गुर्भाकोट नगरपालिका-१३ सुर्खेतका ६८ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो ३:४५ बजे मृत्‍यु भएको छ भने शिवराज नगरपालिका-५, कपिलवस्तुका ३८ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो ४:३० बजे मृत्‍यु भएको हो।

यस्तै तुलसीपुर उपमहानगरपालिका-१३ दाङका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार राति ८ बजे मृत्‍यु भएको छ भने मधुवन नगरपालिका-७ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति ९:१५ बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत पुथा उत्तरगंगा गाउँपालिका-१० रूकुम पूर्वका ६० वर्षीय पुरूषको मंगलबार विहान ८:४० बजे मृत्‍यु भएको हो ।

प्रतिक्रिया