

यी हुन् नेपालका सबैभन्दा धेरै र कम संक्रमित रहेका ५/५ जिल्ला
काठमाडौंमा १ लाख ६५ हजार बढी संक्रमित हुँदा मनाङमा ५३ जनामा संक्रमण

काठमाडौं– दोस्रो लहरको कोरोना महामारी फैलिएसँगै हालसम्म नेपालका यी तीन जिल्लामा मात्र निषेधाज्ञा लागेका छैनन् । सातप्रदेशमध्ये ५ प्रदेशमा निषेधाज्ञा घोषणा गरिएको छ भने २ जिल्लाका तीन जिल्लामा अहिलेसम्म निषेधाज्ञा घोषणा गरिएका छैनन् ।
नेपालका ७७ जिल्ला मध्ये ७४ जिल्लामा निषेधाज्ञा जारी रहेको अवस्थामा गण्डकी प्रदेशको मनाङ र प्रदेश नं. २ का खोटाङ र तेह्रथुममा मात्र निषेधाज्ञा घोषणा गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार २०२० को जनवरी २३ देखि आज अर्थात् २०२१ को मे १८ भित्रको पछिल्लो तथ्यांकअनुसार मनाङमा २६ पुरुष र २७ महिलासहित ५३ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी खोटाङमा उक्त अवधिमा १ सय १ महिला र २ सय ३७ पुरुषसहित जम्मा ३ सय ३७ जना संक्रमित देखिएका छन् भने तेह्रथुममा १७३ पुरुष र ९४ महिलासहित २ सय ६७ जना संक्रमित रहेका छन् ।
हालसम्म नेपालका मनाङ, मुगु हुम्ला, डोल्पा र मुस्ताङमा सयभन्दा कम संक्रमित रहेका छन् । जसअनुसार मनाङमा २६ पुरुष र २७ महिलासहित ५३ जनामा कोरोना पुष्टी भएको छ ।
त्यस्तै मनाङपछि मुगुमा ४९ पुरुष र ५ महिलासहित ५४ जना, हुम्लामा ५३ पुरुष र १७ महिलासहित ७० जनामा संक्रमण देखिएको छ ।
डोल्पामा ६० पुरुष र २१ महिलासहित ८१ जना संक्रमित रहेका छन् भने मुस्ताङमा ५८ पुरुष र २७ महिलासहित ८५ जनामा संक्रमण पुष्टी भएको छ ।
देशभरमा हालसम्म सबैभन्दा धेरै काठमाडौंमा संक्रमित रहेका छन् । काठमाडौंमा हालसम्म ९८ हजार १ सय ५६ पुरुष र ६७ हजार २ सय १५ महिलासहित जम्मा १ लाख ६५ हजार ३ सय ७१ संक्रमित भेटिएका छन् ।
काठमाडौंपछि नेपालका ललितपुर, रुपन्देही, मोरङ र भक्तपुरमा धेरै संक्रमित देखिएका छन् । हालसम्म ललितपुरमा १५ हजार ३१९ पुरुष र १२ हजार ८ सय २८ महिलागरी २८ हजार १४७ जना संक्रमित पुगेका छन् ।
त्यस्तै रुपन्देहीमा १३ हजार ७ सय ६१ पुरुष र ९ हजार ५ सय १७ महिलासहित २३ हजार २ सय ७८ संक्रमित पुगेका छन् । त्यस्तै मोरङमा ११ हजार ९९० पुरुष र ७ हजार ८५१ महिलासहित १९८४१ संक्रमित रहेका छन् । त्यस्तै भक्तपुरमा हालसम्म ९ हजार २०७ पुरुष र ७ हजार ७०७ महिलासहित १६ हजार ८१३ संक्रमित रहेका छन् ।

