

नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीकाे बधाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्वीटरमा लेखेका छन्, ‘ऐतिहासिक र शानदार जितका लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।’

