‘जेल ब्रेकर’ पूर्वसांसद लामाको निधन


काठमाडौं – पूर्वसांसद एवं तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचार गराईरहेका लामाको आइतबार बिहान ४ बजे निधन भएको जनाइएको छ ।

मिर्गौला रोगबाट पीडित लामालाई पछिल्लो समय निमोनियासमेत देखिएको थियो । कोरोनाको आशंकामा परिक्षण गरिए पनि उनमा कोरोना पुष्टी भने नभएको जनाइएको छ ।

२०३३ सालमा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायतका १५ जना नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए । उनलाई नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिन्थ्यो ।

लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया