

के जसपामा राजेन्द्र महतो संसदीय दलको नेता चयन भएका हुन्?

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता राजेन्द्र महतोलाई बहुमत पक्षले संसदीय दलको नेतामा चयन गरेको छ। बिहीबार भक्तपुरको रिसोर्टमा बसेको जसपाका सांसदहरुको महतोलाई दलको नेता चयन गरेको हो।
भक्तपुरको सुर्यविनायकस्थित डोलेश्वर भिलोज रिसोर्टमा बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गरेको एक सांसदले जानकारी दिए। उनका अनुसार भेलामा १८ जना सांसद सहभागि थिए।
प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरन्तरताको पक्षमा रहेका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतोले बिहीबार आफ्ना सांसदहरुलाई भक्तपुरको डोलेश्वर भिलोज रिसोर्टमा पुर्याएका थिए।
जसपाकै संघीय परिषद अध्यक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव भने प्रधानमन्त्री ओलीलाई निरन्तरता दिने पक्षमा थिएनन्। ठाकुर र महतो तटस्थ बसेकै कारण ओली दोहोरिन सम्भव भएको हो।
गत २७ वैशाखमा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि पदमुक्त भएका थिए। पदमुक्त भएका ओलीलाई एमालेका माधव पक्षले राजीनमा नदिएको र कहन्थ–राजेन्द्र महतोे पक्षले सहयोग गरेपछि पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन्

