अर्घाखाँची अस्पताल बन्द


अर्घाखाँची–सात चिकित्सक सहित १७ स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना सङ्क्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ । अस्पतालका प्रमुख चिकित्सक डा कपिल गौतमसहित सात चिकित्सक र १० स्वास्थ्यकर्मीमा लक्षण  कोरोना देखिएपछि प्रसूति र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ ।

उपचारमा अहोरात्र खटिएका चिकित्सकलगायत स्वास्थ्यकर्मीमा कोरोना सङ्कं्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अस्पतालका सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा गौतमले बताए ।

(रासस)

प्रतिक्रिया