

शितलनिवासमा ओलीलाई प्रधानमन्त्रीको सपथ खुवाउने तयारी, माधव नेपाल पक्षका चार नेतालाई मन्त्री पद

काठमााडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा आजै सपथ खुवाउने तयारी राष्ट्रपति निवास शितलनिवासमा सुरु गरिएको बताइएको छ ।
स्रोतका अनुसार अबको केही समयमा नै प्रधानमन्त्री ओलीले फेरि प्रधानमन्त्रीको रुपमा सपथ लिँदैछन् ।
संसदमा विश्वासको मत पाउन नसकेपछि नेकपा एमालेमा माधवकुमार नेपाल समूहसँग वार्तालाई तीव्र बनाएको ओली पक्षले अन्ततः माधवकुमार नेपालसँग सहमति गरेको छ ।
यसअघि संसदमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
यसैगरी स्रोतका अनुसार आजै माधव नेपाल पक्षधर चार नेता मन्त्री हुँदैछन् । र सबैलाई सपथ खुवाउने तयारी भइसकेको स्रोतको दाबी छ ।

