नेता पौडेलद्वारा कोरोना उपचारमा अन्तर्राष्ट्रिय सहयोगको अपिल


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्रराष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृनिकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गरेका छन्।

उनले आज सामाजिक सञ्जालमार्फत नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बलबुताले पार पाउने अवस्था नदेखिएको जनाउँदै जीवनरक्षाका लागि मानवीयताका आधारमा नेपालीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

नेता पौडेलले अक्सिजन र अस्पतालका अभावमा उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेकामा चिन्ता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया