महाराष्ट्रमा २० दिन लकडाउन थप


महाराष्ट्र – भारतको महाराष्ट्रमा लकडाउन थप गरीएको छ ।महाराष्ट्र सरकारले २० दिन लकडाउन थप गरेको हो । महाराष्ट्र सरकारले जुन १ बिहान ७ बजेसम्म लकडाउन अवधि बढाएको हो ।

सरकारले अन्य राज्यबाट आउनेहरुका लागि नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । महाराष्ट्र पछिल्लो २४ घण्टामा ४६ हजार ७८१ नयाँ संक्रमित थपिएका छन् भने ८१६ संक्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हालसम्म यस राज्यमा ५२ लाख २० हजार बढी कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने मृतकको संख्या ७८ हजार ७ पुगेको छ ।

प्रतिक्रिया