

प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक आह्वान गरेको छ । अहिले साँझ ५ बजे स्थायी कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बहुमतको सरकार गठनका विषयमा छलफलको लागि बैठक बोलाइएको बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ गएका थिए । त्यसलगत्तै बैठक डाकिएको हो ।
त्यसअघि अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटका क्रममा राष्ट्रपतिले दिएको समयभित्र नयाँ सरकार गठनको दाबी गर्ने सहमति गरेका थिए ।
बहुमतको सरकार गठनका लागि दिइएको समयसीमा आजै राति ९ बजे सकिँदै छ ।

