

देउवा र प्रचण्डबीच भेटबार्ता सम्पन्न, समयमै बहुमतीय सरकारको दावी लिएर शीतलनिवास जाने सहमति

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सम्पन्न भएको छ ।
गठबन्धन सरकार गठनका लागि केही बेर अघि सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटबार्तामा वैकल्पिक सरकार गठनको समयमै सरकारको दावी गर्ने सहमति भएको बूढानीलकण्ठ स्रोतले बताएको छ ।
स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भएको हो । संविधानको धारा ७६ ९२० को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिएकी छिन् ।

