कोरोना संक्रमणबाट नेपाल प्रहरीका असईको निधन


काठमाडौं – नेपाल प्रहरीका सहायक निरीक्षक (असई) देवी पुरीको निधन भएको छ। कोरोना संक्रमणबाट नेपाल प्रहरी अस्पतालमा उपचाररत पुरीको आज निधन भएको हो।

महानगरीय अपराध महाशाखाका कार्यरत असई पुरी कोभिड–१९ (कोरोनाभाइरस) दोस्रो लहरको कारण एक हप्ताअघि महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका स्रोतले जानकारी दियो।

पुरीको बिहीबार बिहान ७ बजे कोरोना संक्रमणको कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया