

नेपालका अस्पतालले गराउन थाले ‘मृत्यु सम्झौता’

काठमाडौं– ‘यो एकप्रकारको मृत्यु सम्झौता नै हो’, अक्सिजन अभाव भएपछि बिरामी बचाउन सक्ने ग्यारेन्टि नभएपछि भक्तपुर अस्पतालले कोभिड बिरामीका आफन्तसँग गरेको सम्झौता देखेपछि सर्वसाधारणले भनेका छन्।
उक्त अस्पतालले बिरामीलाई बचाउन कठिन भएपछि ‘अति संवेदनशील मञ्जुरीनामा’का नाममा कुरुवा वा आफन्तसँग सम्झौता गर्न थालेको छ। अस्पतालमा अक्सिजन नभएपछि यसरी सम्झौता नगरी सुख पाउने अवस्था नरहेको अस्पताल प्रशासन बताउँछ।
कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी)ले अक्सिजन नपाए सम्पर्क गर्न भने पनि यो औपचारिकता भन्दा धेरै नभएको अस्पतालहरूको बुझाई छ।
कोभिडका बिरामीले अस्पताल खचाखच हुने र समयमा अक्सिजन नपाउँदा ज्यान जाने गरेको तथ्यलाई राखेर यस्तो सम्झौतापत्र तयार पारिएको हो। खासगरी बिरामीको मृत्यु भएमा अस्पतालमाथि आक्रमण हुने सम्भावित खतरालाई मध्यनजर राखेर यसरी सम्झौता गरिन थालिएको हो।
यस्तो लेखिन्छ मञ्जुरीनामामा

