काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन


काठमाडौं – काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणबाट निधन भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति मृत्यु भएको हो।

पन्ध्र दिनदेखि अस्पताल उपचाररत श्रेष्ठको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोलाले बताए।

 

प्रतिक्रिया