पछिल्लो २४ घण्टामा ९,३०५ जनामा संक्रमण पुष्टि, १६८ मृतक थपिए, ४,४४४ जना निको


काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् । २० हजार ३६२ वटा पीसीआर र ४२४ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९२४ जना संक्रमित थपिएका छन् । बुधबार एकैदिनमा १६८ जनाको निधन भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् । निको हुने दर ७४.९ प्रतिशत छ ।

बुधबारसम्म देशभर सक्रिय संक्रमित संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

प्रतिक्रिया