

बाबुरामको प्रस्ताव–प्रधानमन्त्री बनिसकेका बाहेकको नेतृत्वमा सर्वदलीय सरकार, एक बर्षभित्र चुनाव

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बनिसकेका बाहेकको नेतृत्वमा सर्वदलीय सरकार गठनका लागि प्रस्ताव गरेका छन्।
बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो रायलाई सार्वजनिक गरेका उनले पूर्वप्रधानमन्त्रीको निर्देशक समिति बनाउन सकिने र यस्तो सर्वदलीय सरकारले कोरोना रोकथामलगायमा सक्रियताका काम गर्नुपर्ने जनाएका छन्।
उनले एक बर्षभित्र चुनाव गराउनेगरी अगाडि बढ्नका लागि यो सरकार संविधानको धारा ७६(२) अनुसार बन्नुपर्ने राय दिएका हुन्।
देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!
— Baburam Bhattarai (@brb1954) May 12, 2021

