

थप कडाईसहित उपत्यकामा १३ जेठसम्म निषेधाज्ञा कायम राख्ने सिडिओहरूको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकामा १३ जेठसम्म निषेधाज्ञा कायम राख्ने प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूले निर्णय गरेका छन्।
काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको मंगलबार बसेको बैठकले थप कडाईका साथ निषेधाज्ञा थप गरेको हो। कोभिड संक्रमणले तिव्रता लिएपछि यस्तो निर्णय लिइएको हो।
पार्टी प्यालेसमा अब विवाह ब्रतबन्धलगायतका कार्यक्रम निषेध गरिएको छ भने घरमा पनि १० जना भन्दा बढीको उपस्थिति हुन नदिने सिडिओहरुले निर्णय गरेका छन्।

