

टेकु अस्पतालमा पीसीआर परीक्षण स्थगित

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित गरेको छ ।
अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गर्नु परेको हो ।
हेर्नुहोस् सूचना :

