
कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द
काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द हुने भएको छ । कालीमाटी बजार विकास समितिले कोरोना महामारी न्यूनीकरणका लागि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो ।
समितिले आज एक विज्ञप्ती जारी गदै निषेधाज्ञा अवधिभर बजार बन्द रहने जानकारी दिएको हो। समितिले निकालेको विज्ञप्तिमा भनिएको छ,‘कृषक बजार मङ्गलवारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ। थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधवारदेखि बन्द हुने छ ।’
थोक बजारमा प्याकेजिङ गरेर भने विक्री वितरण गर्न पाइन समितिले जनाएको छ । यसअघि बिहान ३ बजेदेखि ९ बजेसम्म बजार खोल्न दिइएको थियो ।




कागजपत्र |
