किन हुँदैछ सर्वोत्तम सिमेन्टको आइपीओ निष्काशनमा ढिलाई ?


काठमाडौं – नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज प्राविधिक र नीतिगत रुपमा अस्पष्ट रहेकाले सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत गर्न लागेको आइपीओ निष्कासनमा बिलम्ब हुँदै गएको छ ।

कम्पनीले आइपिओ निस्कासनको लागि आफ्नो सबै तयारी पूरा गरेर शेयर निस्कासनको लागि नेप्से सग अनुमति मागेपनी नेप्सेले भने सम्झौता गर्न मानिरहेको छैन । जसको कारण नेप्सेले आफु प्रविधिक, नीतिगत र मुल्यको विषयमा अझै अस्पष्ट रहेको कुरा कम्पनीलाई बारम्बार जानकारी दिदै आएको छ र त्यसको सामाधान दुबै पक्षबिचको छलफल पछिमात्रै टुंगो लाग्ने कुरा पनि बताउँदै आएको छ ।

नेप्सेका अनुसार बुक विल्डिङ निर्देशिका २०७७ को निर्देशन १२ मा स्वचालित बिद्युतीय प्रणाली सन्चालन गर्नुपर्ने व्यवस्था छ । तर उक्त व्यवस्था अनुसार अझैपनि उक्त स्वचालित बिद्युतीय प्रणाली नेप्सेले बनाएको छैन । प्रणाली बनाउने बिषयमा छलफल भएपनी कसरी निर्माण गर्ने र कति लागतमा गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न सकेको छैन ।

प्ररम्भिक चरणमा नेप्सेले केन्द्रिय निक्षेप प्रणाली ९अमकअ० सँग सहकार्य गर्न खोजेको थियो । तर सिडिससिले उक्त कार्यमा आफुले नेप्सेलाई कुनै सहयोग गर्न नसक्ने बताएको थियो ।

सिडिससीले प्रस्ताव अस्विकार गरेपछी नेप्से आफैंले उक्त स्वचालित बिद्युतीय प्रणाली बिकास गर्न खोजेको पनि थियो तर त्यसको लागत करोड भन्दा बढी लाग्ने र बुक बिल्डिङमार्फत शेयर निष्कासन गर्ने कम्पनी नेप्सेमा  हालसम्म एउटामात्र आएको हुनाले  लागत अनुसारको प्रतिफल प्राप्त नहुने डरले नेप्सेले निर्णय लिन सकिरहेको छैन ।

अर्कोतिर सर्वोत्तमको लागि योग्य संस्थागत लगानीकर्ता एकसय पनि नपुगेकाले वोलकवोलका लागि कति क्षमताको स्वचालित प्रणाली बनाउने भन्ने दुबिधा पनि छ ।

सर्सर्ती हेर्दा सर्वोत्तम सिमेन्टको लागीमात्र नेप्सेले स्वचालित प्रणालीको बिकास गर्ने सम्भावना एकदमै कम देखिन्छ । जसकारण सर्वोत्तम सिमेन्टको आइपिओ बुक विल्डिङ बिधिमार्फत नआउने सम्भावना बढेको छ । यदि आएपनि केही ढिला हुने निश्चित देखिन्छ ।

प्रतिक्रिया