

कैलालीमा जेठ ६ सम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

धनगढी – कैलालीमा जारी निषेधाज्ञालाई एक साता थप गरि जेठ ६ गते सम्म लम्ब्याउन सिफारिस गरिएको छ । हिजो (सोमबार) बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढिरहेकाले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।
कोरोना भाइरस संक्रमण बढेको भन्दै यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि वैशाख मसान्त सम्म निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रजिअबाट जारी भएको उक्त निषेधाज्ञालाई जेठ ६ गतेसम्म लम्ब्याउन सिफारिस गर्ने निर्णय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको जानकारी दिए ।
बैठकले बिहीबारदेखि लागु हुने गरि यसअघि बिहान ६ देखि १० बजेसम्म सञ्चालन भइरहेका अत्यावश्यक बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल व्यवसाय मंगलबार, बिहीबार र शनिबार बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय समेत गरेको छ ।
राजश्व दाखिला र सरकारी कारोबारबाहेक बैंक तथा वित्तिय संस्थाको सबै सेवा बन्द गरी अत्याबश्यक भुक्तानीको लागी एटिएम तथा विधुतीय प्रणालीबाट सेवा प्रवाहको प्रबन्ध गर्नेछ ।
नेपाल सरकार का कर्मचारी बैक तथा वित्तिय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालय ले जारी गरेको परिचय पत्रको आधारमा आवत जावत गर्न सक्ने सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए ।

