रंगशालालाई महानगरको थप २ करोड सहयोग


भरतपुर । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लाग भरतपुर महानगरपालिकाले थप सहयोग गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमका बिच भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि थप २ करोड रुपैयाँ सहयोग गरेको हो ।

उक्त सहयोग रकम भरतपुरमा आयोजित एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेणु दाहालले धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरेकी थिइन् ।

यसअघि महानगरपालिकाले फाउन्डेसनलाई २ करोड रुपैयाँ सहयोग गरिसकेको छ ।

भरतपुर महानगरअन्तर्गत रामपुर क्याम्पस हाताभित्र निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालाको निर्माण कार्य द्रुत गतिमा बढीरहेको फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया