

सरकार गठनमा सहभागीता नरहने निर्णय ठाकुरले लिखित रुपमा राष्ट्रपतिलाई बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठन प्रक्रियामा सरिक नहुने विषय लिखित रुपमा नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइने भएको छ।
अध्यक्ष महन्थ ठाकुरले लिखित रुपमा नै उक्त जानकारी शीतल निवासमा बुझाउन लागेका हुन्। मध्यरातमा विज्ञप्ति जारी गरी उनले सरकार गठनमा सहभागीता नहुने जनाएका थिए।
राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएर दुई वा दुई भन्दा बढी दलको सरकार गठनका निम्ति आह्वान गरेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाएपछि यस्तो आह्वान भएको थियो।

