सर्वोच्च शिखरको चुचुरो पुगे बहराइनी राजकुमार


काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको बहराइनका राजपरिवारका सदस्यसहितको टोलीले सफल आरोहण गरेको छ ।

मंगलबार बिहान करिब पौने सात बजेतिर बहराइनका राजकुमार  मोहम्मद हमद मोहम्मद अल खलिफासहितका टोलीले सगरमाथाको सफल आरोहण गरेको जनाइएको छ ।

यो जारी सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दलले सेभेन समिटबाट सगरमाथाको आरोहणका लागि प्रस्थान गरेको थियो ।

सगरमाथा चढ्नुअघि राजकुमार खलिफाले मनास्लु र लुवुचो हिमालको आरोहण गरेका थिए ।

 

प्रतिक्रिया