भारतमा कोरोनाबाट साढे दुई लाख बढीको मृत्यु, २ करोड ३० लाख संक्रमित


काठमाडौं – भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ७९ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट भारतमा ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार २५ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा संक्रमितको संख्या केही कम भएको छ । तथ्यांकअनुसार पछिल्लो एक दिनमा ३ लाख २९ हजार ५ सय १७ जनालाई कोरोना पुष्टी भएसँगै हालसम्म भारतमा २ करोड २९ लाख ९१ हजार ९ सय २७ जना पुगेका छन् ।

भारतमा हालसम्म १ करोड ९० लाख २१ हजार २ सय ७ जना कोरोनामुक्त भइसकेका छन् भने पछिल्लो तथ्यांकमा ३७ लाख २० हजार ६ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया