

नेपाल पक्षलाई पार्टीमा राख्न ओेलीको अन्तिम प्रयास, वार्ताका लागि खटाए दुई नेता

काठमाडौं – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका छन् ।
नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट नेपाल पक्षसँग वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएकोे स्रोतले बतायो । यसलाई ओलीको तर्फबाट नेपाल पक्षलाई पार्टीमा राख्न अन्तिम प्रयास भनिएको छ ।
अहिले ओलीको आधिकारिक प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबार पुगेका छन् ।

