कोरोना संक्रमितको उपचारमा सरकार चुक्योः रामचन्द्र पौडेल


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमितको उपचारमा सरकार चुकेको आरोप लगाएका छन्।

कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने शय्यादेखि भेन्टिलेटर व्यवस्थापन गर्न सरकार चुकेको पौडेलेको आरोप छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको उल्लेख गर्दै उनले कोरोनाविरूद्ध खोप लगाउने दायित्वबाट सरकार विमुख भएको बताए।

सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले तीन महिनाभित्र सबै नेपालीलाई खोप दिने भने पनि सरकारले त्यसप्रतिवद्धता अनुसार काम नगरेको बताए।

पौडेलले फेसबुकमा लेखेका छन्, ‘सरकार कमिसन र भ्रष्टाचारको चंगुलमा फसेको कारण नागरिकलाई सहज र सर्वसुलभ रूपमा कोरोना खोप दिलाउने दायित्वबाट विमुख भएको छ।’

कमिसनको चक्करमा लागेर भारतबाट ल्याउने भनिएको खोप स्वदेश ल्याउन ढिलाइ भइरहेकोमा उनले आपत्ति समेत जनाएका छन्।

गत २३ फागुनमा सबै नेपालीलाई खोप दिने आफ्नै प्रतिबद्धता विपरित सरकार कमिसन र भ्रष्टाचारको चंगुलमा फसेको कारण नागरिकलाई…

Posted by Ram Chandra Paudel on Saturday, May 8, 2021

प्रतिक्रिया