५० लाख खोप खरिद हाललाई सम्भव छैन : स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको बताएको छ ।

शुक्रबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले ती समाचारमा कुनै सत्यता नरहेको समेत जनाएको छ ।

प्रवक्ता जागेश्वर गौतमद्वारा जारी वक्तव्यमा सिरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति गर्ने जानकारी मन्त्रालयलाई दिएको समेत उल्लेख गरिएको छ ।

सेरमले दिनुपर्ने २० लाख डोज खोपमध्ये १० लाख प्राप्त भएको र बाँकी खोपको आपूर्ति वर्तमान विश्व परिस्थितीमा निर्भर हुने जनाइएको छ ।

प्रतिक्रिया