वार्ता र लचकता अपनाइएको छ, ओलीसँग सहमति भएको छैनः माधव नेपाल


काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै पनि सहमति नभएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले २ जेठ ०७५ मा फर्किनुपर्ने बटमलाइनमा रहेको जनाउँदै वार्ता र लचकता अपनाउने पनि बताएका छन्।

२८ फागुन २०७७ मा बसेको बैठक र त्यसपछिका सबै बैठकले गरेका निर्णय फिर्ता हुनुपर्ने जनाउँदै उनले भनेका छन्,‘हामी विधि र प्रक्रियालाई स्थापित गर्नका निम्ति लचक छौं तर सहमति भएको छैन।’

प्रतिक्रिया