पत्रकारका लागि अक्सिजनसहित ९ शय्याको कोभिड होल्डिङ सेन्टर सञ्चालन


काठमाडौँ – नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड-१९) को जोखिममा रहेका पत्रकारहरूका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।

महासङ्घको केन्द्रीय कार्यालय सञ्चार ग्राममा रहेको अतिथि गृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरमा रूपान्तरण गरिएको अध्यक्ष विपुल पोखरेलले बताए ।

कोभिड सङ्क्रमण पुष्टि भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरूलाई होल्डिङ सेन्टरको सुविधा उपलब्ध गराइने अध्यक्ष पोखरेलको भनाई छ ।

होल्डिङ सेन्टर स्थापनाका लागि महासङ्घलाई म्याक्सिम इन्टरनेशनल ट्रेडिङ, हाम्रो टिम लगायतका संस्थाले सहयोग गरेका हुन् ।

प्रतिक्रिया