ओलीले देउवालाई भेटेको भोलिपल्टै नेपाल बुढानिलकण्ठ पुगे, के भयो कुराकानी?


काठमाडौं – बिहीबार साँझ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेपालले आफू निकट केही नेतासहित देउवा निवासमा पुगेर छलफल गरेका हुन्।

उनीहरुबीच करिब एक घण्टा बढी छलफल भएको थियो। देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको भेटमा सहभागी एक काँग्रेस नेताले जानकारी दिए।

प्रधानमन्त्री ओलीले २७ बैशाखमा विश्वासको मत लिन लागेका बेला त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरुबीच छलफल भएको अनुमान गरिएको छ।

प्रतिक्रिया