कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण बढाउन मन्त्रालयको अनुरोध


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गर्न अनुरोध गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमका अनुसार घरमै गएर नमुना संकलनका लागि अनुमति समेत दिइएको छ । यसरी घरमै गएर नमुना संकलन गर्दा थप अधिकतम ५०० सय रुपैयाँ लिन सकिनेछ ।

यसका लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने छ ।

प्रतिक्रिया