

अक्सिजनको कालोबजारीबारे अफवाह फैलाएको आरोपमा एक युवक पक्राउ

धनगढी – प्रहरीले अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ का तेजबहादुर खड्का रहेका छन् ।
धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै गरेको भन्दै झुटो हल्ला फैलाएकाले उनलाई पक्राउ गरिएको हो ।
उनले सामाजिक सञ्जाल फेसबुकमा कालोबजारी भएको भन्दै गलत कुरा सार्वजनिक गरेको पाइएपछि पक्राउ गरिएको हो । अहिले उनीमाथि सोधपुछ गर्ने काम भइरहेको छ ।

