पूर्वरानी शाहको स्वास्थ्यमा उल्लेख्य सुधार, आईसीयूबाट वार्डमा सारियो


काठमाडौं – पूर्वरानी कोमल शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यससँगै शाहलाई आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणपछि नर्भिक अस्पतालमा १२ दिनदेखि उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको अस्पतालस्रोतले जनाएको छ ।

अस्पतालले एक विज्ञप्तिमा भनेको छ, ‘यस नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आइसियूबाट वार्डमा सारिएको छ ।’

अस्पतालले कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको बताएको छ । त्यसपछि आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबारदेखि वार्डमा सारिएको जनाएको छ । शाहको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ पनि अस्पताल स्रोतले जनाएको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।

प्रतिक्रिया