

ओलीलक्षित झाँक्रीको ट्वीट, ‘सत्यनास हुन र डुब्नबाट जोगिनु छ भने किनारा खोज’

काठमाडौं — नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न’ आग्रह गरेकी छिन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन्, ‘हामी त डुब्छौं नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौं।’
पछिल्ला समय एमालेभित्रको विवादमा नेपाल पक्षमा रहेकी झाँक्रीले सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न भनेकी छिन्। उनले लेखेकी छिन्, ‘विचार गर, दम्भ, अहंकार र जिद्दी छोड।’
उनले ट्वीटरमा थपेकी छिन्, ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’
हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।
हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे… अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।— Ram kumari Jhakri (@Jhakri_didi) May 5, 2021

