

कांग्रेसले प्रधानमन्त्री ओलीलाई हराउने तर सभापति देउवा अलमलमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आह्वान गरिएको संसदको विशेष अधिबेशनमा प्रमुख विपक्षी नेपाली कांग्रेस ओलीको विपक्षमा जाने भएको छ ।
कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाउँदै ओलीको विश्वासको मत लिने विश्वासलाई असफल गराउने निर्णय गरेको हो ।
पदाधिकारी बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, विश्वासको मत प्रयोजनका लागि संसद बोलाउने काम भएको छ, यसमा ओलीलाई फेल गराउन लाग्ने कुरा भएको छ ।’
पदाधिकारी बैठकले विश्वासको मतमा विपक्षमा जाने निर्णय गरे पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने मौन रहेका छन् । सभापति देउवा जसरी पनि कांग्रेस चुनावमै जानुपर्ने बताउँदै आएका छन् ।

