अस्ट्रेलिया भुरभुरे प्रकरणः पाण्डे पीडित होइनन्, यथार्थ यस्तो छ


अस्ट्रेलियाको सिड्नीस्थित भुरभुरे मम एन्ड थाई रेष्टुरेन्ट प्रकरणमा गैर आवासीय नेपाली संघ (एनआरएनए)का अधिकारीहरूले संलग्नता नरहेको दाबी गरेका छन्।

उक्त प्रकरण गलत भएको भन्दै आफ्ना तर्फबाट इथान शाक्यलगायतले अनलाइनन्युजलाई पठाएको पत्र यस्तो छ।

 

श्रीमान् प्रधान सम्पादक ज्यु

अनलाइनन्युज सेभेन

विषयः ध्यानाकर्षणसहित खण्डन सम्बन्धमा

मिति २०७८ वैशाख १६ गते तपाईको लोकप्रिय अनलाईन समाचार पोर्टलमा ‘अस्ट्रेलियामा एनआरएनका नाममा गुन्डागर्दीः भुरभुरे काण्डका मुखिया को हुन्?’ शीर्षकमा प्रकाशित भएको समाचार र त्यसमा प्रयोग गरिएको तस्बिरसहित हाम्रो नाममा उल्लेख गरेका विषयबस्तुले ध्यानाकर्षण गरेको छ। घटनाको पृष्ठभूमी, सत्यता र तथ्यमाथि विवेकपूर्ण तथा पूरा खोजबिन नगरी समाचार प्रकाशित गरी विदेशी भुमीमा संघर्ष गरिरहेका म र हामी नाम जोडिएका सबैको प्रतिष्ठामा आँच परेको र क्षति भएको महशुस गरेका छौं।

अस्ट्रेलियाका विभिन्न राज्यमा रहनुभएका डेमोक्रेट्स साथिहरूको सम्मानमा आयोजना गरिएको कार्यक्रमका दौरान भेला भएका व्यक्तित्वसहितको डिनर पार्टीमा सामान्य बहस भए पनि तोडफोड र हानाहानमा मेरो र मेरा केही साथीहरुको सरोकार नरहेको स्पष्ट पार्न चहान्छु। राजनीतिक प्रतिशोध, आउँदै गरेको एनआरएनए चुनावका दौरानलाई लिएर गरिएका अनेक अड्कलबाजी र मिडिया प्रोपोगान्डाको एउटा साधारण उदाहरणका रुपमा यो समाचारलाई लिन बाध्य भएका छौं।

यसै क्रममा शनिबार रकडेलमा रहेको ‘भुरभुरे मम’ एन्ड थाई रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को विगतको चुनाबमा आफ्नो हारको पिडामा टेकेर अपशब्द प्रयोग गर्दै अनावश्यक विवाद सरोज पाण्डेले निकालेका थिए।

सरोज पाण्डे उक्त पार्टीमा बाहिरबाट अत्याधिक मधिरा सेवन गरि पार्टी सकिने बेलातिर आइपुगेका थिए। आमन्त्रित व्यक्ति नरहेको र उनको व्यक्तिगत झगडा या अन्य प्रकरणमा म र मेरा साथीको संलग्नता रहेको भन्ने भ्रम हो। उनले पार्टीको माहोल बिगारेकोले उनीसँगै  पार्टीमा प्रवेश गरेका उनका साथीहरूले उनलाई बार–बार चुप लाग्न र बाहिर जान भनेका थिए। उनलाई बाहिर निकनल्न खोज्ने क्रममा धक्काधक्की र झडप सुरु भएको थियो।

बिगत २५ बर्षदेखि आफ्नो नाम, इमान्दारिता, प्रतिष्ठा र छबि बनाएर आफ्नो व्यबसाय गरी अस्ट्रेलिया बसेका विवेक थापाको इशारामा आक्रमण गरेको भन्ने विषय सरासर झूठो र कुप्रचार हो। यस झडपमामा थापा को कुनै संलग्नता नरहेको स्पष्ट पार्न चहान्छु। कुन मनसाय र राजनीतिक लाभका लागि सम्बन्धित पीडित भनिएका व्यक्तिले यस्तो सूचनालाई गलत ढंगले प्रचार गर्न लगाए त्यसको खोजबीन, छानबिन र तथ्यको अन्वेषणका लागि अनुरोध गर्दछु। झुटो कथा रचेर अरुको बद्नाम गर्ने मानिस कानुनको दयाराभित्र आउने नै छन् भन्ने विश्वास लिएका छौं।

घटनामा संग्लग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरी  अनुसन्धान सुरु गरीसकेको छ। र, यो अब अदालतको हातमा छ। साथै कतिपय एनआरएनएका प्रतिष्ठित व्यक्तित्व मुकदर्शक बनेको भनिएको छ। कतिपय एनआरएन अधिकारीसँग डिनरका क्रममा पीडित भनी प्रचार गरिएका पाण्डेको बहस भएको सत्य हो तर आमन्त्रित गरिएका अतिथिसहित मेरो यो प्रकरणमा लगाइएको आरोपसँग कपोकल्पित कथा र झुटो आरोप हो भन्ने स्पष्ट पार्न चाहन्छु।

साथै यो कार्यक्रममा एनआरएनए अस्ट्रेलियाको कुनै सम्बन्ध नरहेको कुरा स्पष्ट पार्न चहान्छु। यो एनआरएनए को कर्यक्रिम थिएन। त्यसैले एनआरएनएलाई पनि बद्नाम गर्ने मनसायले एनआरएनएको नाम जोडिएकोमा घोर भत्र्सना गर्दा छौं।

समाचारमा पिट्ने, धम्क्याउने हप्ता उठाउने लगायतका अनेक प्रकारका आरोप लगाइएका छन्। यी सर्वथा कपोकल्पित र कुत्सित मनसायबाट प्रायोजित सूचना रहेको स्पष्ट होस्। हामी सबै विदेशी भूमीमा कर्म गरी यहाँको कानुन, मर्यादा र सीमामा रहेर मिहेनतका साथ नेपाल र नेपालीको उन्नयनमा सहयोग पुग्नेगरी सक्रिय रहेको व्यहोरा जनाउँदछु। प्रजातान्त्रिक मुल्य मान्यता र स्वतन्त्रता मात्र होइन, नेपाली समुदायका लागि कल्याणकारी काममा पनि अभ्यस्त रहेको स्पष्ट गराउन चहान्छौं।

हामी सामाजिक कामका लागि केही नेपाली संघ संस्थामा आवद्ध भएको साँचो हो। तर ति सामाजिक संघ संस्थाले गैर आवासीय नेपाली, आप्रवासनमा रहेका विद्यार्थी र समुदायको हितभन्दा बाहेक अन्य कुनै काम गरेको छैन। यसर्थ, समाचारमा आएका विषयलाई सच्याइयोस्, यथार्थ बुझेर मात्र सम्प्रेषण होसु भन्दै यो ध्यानाकर्षणसहितको खण्डनपत्र पठाएको छु।

–इथान शाक्य 

प्रतिक्रिया