ललितपुरका सिडिओ निरौलालाई कोरोना, क्वार्टर आइशोलेशनमा


काठमाडौं– ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्टार अस्पतालमा स्वाब परिक्षण गराएका उनमा कोरोना पुष्टि भएको हो। उनी क्वार्टरको आइशोलेशनमा रहेका छन्। जिल्ला प्रशासनले अहिले गर्नुपर्ने काम भने भर्चुअल माध्यमबाट नै गरिरहेको बताइएको छ।

प्रतिक्रिया