आजकाे फलफूल र तरकारीको बजारमा भाउ (सूचीसहित)


काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवार (आज) को लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार प्रतिकेजी हरियो अंगुरको मूल्य २२५ रुपैयाँ रहेको छ ।

त्यसैगरी रातो आलुको प्रतिकेजी मूल्य ४२ रुपैयाँ ५० पैसा, स्थानीय काउलीको प्रतिकेजी ३० रुपैयाँ, लोकल काक्रो ४५ रुपैयाँ, केरा प्रतिदर्जन १०५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।

त्यस्तैगरी हरियो खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, लोकल गाजर ५५ रुपैयाँ, घिरौला २७ रुपैयाँ ५० पैसा, कन्य च्याउ प्रतिकेजी ११० रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा बजारमा हुने कालोबजारी तथा कृतिम अभाव रोक्नका लागि सरकारले बजार अनुगमनलाई तीव्रता दिने बताएको छ ।

मूल्यसूची हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस्ः

kalimatimarket.gov.np/price

प्रतिक्रिया