कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा कोरोना भाइरसको महामारी तीव्र भइरहँदा महाधिवेशनलाई कसरी गर्ने भन्ने विषयमा छलफलको तयारी भएको छ ।

यसअतिरिक्त आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते लिन लागेको विश्वासको मतमा कांग्रेसले कस्तो रणनीति अख्तियारी गर्ने भन्नेबारे पनि छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ । पदाधिकारी बैठक हिजो (सोमबार) नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया