

एमालेका थप तीन सांसदलाई स्पष्टिकरण सोधियो

काठमाडौं– नेकपा एमालेका माधवकुमार नेपाल पक्षका थप तीन जना सांसदलाई स्पष्टिकरण सोधिएको छ।
प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीका तर्फबाट कार्यालय सचिव शेरबहादुर तामाङले समानुपातिक सांसद समिना हुसेन, कलिला खातुन र गंगा चौधरीलाई स्पष्टिकरण सोधेका थिए।
उनीहरूले जवाफ दिइसकेका छन्। उक्त जवाफ तामाङले प्रधानमन्त्री ओलीलाई बुझाइसकेका छन्।

