

सूर्य चिन्हबाट लडेका दुई सांसदको पोखरेललाई पुनः साथ (विज्ञप्तिसहित)

रुपन्देही — मुख्यमन्त्री शंकर पोखरेललाई दिएको समर्थन फिर्ता लिएका दुई सांसदले फेरि उनलाई साथ दिने भएका छन् ।
सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनीका दुई स्वतन्त्र सांसदले एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका हुन् ।
सांसद धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले एमाले संसदीय दलमै प्रतिबद्ध रहेको बताएका हुन् ।
सोमबार विज्ञप्ति जारी गर्दै उनीहरूले पोखरेललाई नै साथ दिएको बताएका हुन् ।

