

अश्लील फिल्ममा किशोरी र महिला किन आकर्षित भए? नेपालको अवस्था के छ?

काठमाडौं– नेपालमा अश्लील साइटहरू बन्द भए पनि करिश्मा (नाम परिवर्तन)का लागि पोर्न फिल्म हेर्न कुनै अप्ठेरो छैन। उनले नेपाल सरकारका पहुँचमा नभएका विविध भारतीयलगायत अश्लील इन्टरनेटमा पहुँच राखेकी छन्।
उनको उमेर २१ बर्ष पुग्यो। कहिलेकाहीँ त आफ्ना प्रेमीसँगै बसेर हेर्छिन्। फिल्म हेर्दा आनन्द आउँछ र यौन जीवन केही पनि होइन भन्ने लाग्छ। उनले दर्जनौं पटक प्रेमीसँग यौन सम्बन्ध कायम गरिसकेकी छन्।
यौन सम्बन्धमा उत्सुकताका पहिलो चरण नै अश्लील फिल्महरू हेर्नु रहेको उनको अनुभव छ। ‘फिल्म हेरेपछि नै शरिरमा अर्को प्रकारको फिलिङ्स आउने भयो, फरक प्रकारको अनुभव भएपछि यस्तो सम्बन्धमा रमाउने रहर जाग्यो’, उनले भनेकी छन्।
सन् २०१६ मा ब्रिटेनमा गरिएको एक अध्ययनका अनुसार ११ देखि १६ वर्ष उमेरका आधाभन्दा धेरैले इन्टरनेटमा अश्लील सामग्री हेरेका हुन्छन्।
यद्यपि अश्लील फिल्मले युवा अवस्थाका महिलाहरूमा गर्ने असरबारे खासै वैज्ञानिक अध्ययनहरू भएका छैनन्।
पत्रपत्रिका र वैज्ञानिकहरूले पुरुष र अश्लील फिल्मको अत्यधिक प्रयोगबारे धेरै लेखेका छन्।
आफूले पोर्न उद्योगमा काम गर्नु र त्यसका अनुभवबारे सन्नी लियोनीले बीबीसीलाई एउटा अन्तरवार्ता दिएकी थिइन्।
भारतमा व्यक्तिगत रूपमा पोर्न हेर्नमा कुनै प्रतिबन्ध छैन। तर त्यहाँ पोर्न सामग्रीको निर्माण र वितरण गैरकानुनी छ।
संसारको सबैभन्दा ठूलो पोर्न वेब्साइट ‘पोर्नहब’का अनुसार अमेरिका, ब्रिटेन र क्यानडापछि भारतमा सबैभन्दा धेरै पोर्न हेर्ने गरिन्छ।
के भारतमा पनि पोर्न उद्योगलाई वैधानिक मान्यता दिनुपर्छ? त्यसको निर्णय आफूले नभएर भारत सरकार र नागरिकहरूले गर्नुपर्ने उनको धारणा छ। उनले यसबाट महिला वा किशोरीमा पर्ने असरहरूबारे भने खासै कुरा गरेकी थिइनन्।
सन् २०१६ मा ब्रिटिश यौनमनोवैज्ञानिक एन्जेला ग्रेगोरीले भनेकी थिइन् कि सजिलै प्राप्त भइरहेको अश्लील फिल्मका कारण पुरुषमा यौन उत्तेजना नहुने रोग बढेको छ।
एउटा अध्ययनले सन् २००० ताका करिब दुईदेखि पाँच प्रतिशत नपुसंकताको कारण अश्लील फिल्म भएकोमा देखाएको थियो। अहिले ३० प्रतिशत नपुसंकताको कारण अश्लील फिल्म भएको देखिएको छ।
ब्रिटेनमा यौन दुव्र्यसनको उपचारमा कार्यरत डा. ठाडेउस बिर्चार्डका अनुसार अश्लील फिल्ममा पुरुष धेरै आकर्षित हुनुको कारण मानव मस्तिष्क पनि हो।
उनी भन्छन्, ‘महिलाहरूमा यौन उत्तेजना हुँदा मस्तिष्कमा अक्सिटोसिन निस्कन्छ जुन मानव सम्बन्ध विस्तारको रसायन हो।’
पुरुषहरूमा भने भासोप्रेसिन निस्कन्छ जुन कुनै कुरामा एकाग्र हुन सघाउने रसायन हो।
‘यही कारणले गर्दा पुरुषहरू इन्टरनेटमा घण्टौँसम्म बाह्य संसार बिर्सेर एकाग्र भई बस्न सक्छन’, बिर्चार्ड भन्छन्।
उनका अनुसार धेरै महिलाहरू शरीरका अङ्गमा रुचि नराख्ने भएका कारण पुरुषहरूको अश्लील फिल्मप्रति बढी झुकाव देखिएको हो।
सन् २०१० मा ३०० अश्लील फिल्ममा गरिएको एक अध्ययनमा ८८ प्रतिशत फिल्ममा शारीरिक हिंसा भएको पाइएको थियो।
अधिकांशमा पुरुष हिंस्रक थिए र उनीहरूको लक्ष्य महिला थिए जसलाई त्यो हिंसाबाट सन्तुष्टि मिलेको वा वास्ता नभएको देखाइएको थियो।
सन् २००९ मा सिविन नेपालले काठमाडौंका विद्यार्थीमाझ गरेको एउटा अध्ययनमा ३६ प्रतिशत किशोरकिशोरीले इन्टरनेटमा अश्लील फिल्म हेर्ने गरेको बताएका थिए।
सन् २०१५ मा एउटा जर्नलमा प्रकाशित अध्ययनमा इन्टरनेट प्रयोगकर्तामध्ये २०.८ प्रतिशतले अश्लील सामग्री हेर्नका लागि इन्टरनेट चलाउने जानकारी दिएका थिए।
यौन सामग्रीमा पहुँच र यसको ज्यादा प्रयोगले व्यक्तिमा आजीवन असर गर्ने खालका नकारात्मक प्रभावहरू पर्ने मनोवैज्ञानिकहरू बताउँछन्।
इन्टरनेट र यसको सुरक्षित प्रयोग पुस्तिकाका अनुसार अश्लील फिल्म हेरेपछि बालबालिकामा उमेर नपुग्दै यौनप्रति रुचि देखिन थाल्छ।
यौन सामान्य र सहज हो भन्ने छाप पर्छ, उनीहरू समकालीन वा वयस्कहरूसँग उत्तेजक व्यवहार गर्न थाल्छन्।
परिवार र साथीभन्दा बेग्लै बस्न रुचाउँछन्, लागुपदार्थको कुलतमा फस्न सक्छन्। अध्ययनप्रति रुचि नदेखाउने र आत्महत्यासम्मको प्रयास पनि गर्न सक्छन्। –एजेन्सीहरूको सहयोगमा

