मन्त्रिपरिषद् बैठक: माओवादी केन्द्रले सर्मथन फिर्ता नलिने बुझेपछि विश्वासको मत लिने तयारीमा ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् ।

यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको स्रोत बतायो ।

सरकारको विकल्पमा बहुमतसहितको अर्को समीकरण नबनेसम्म ओलीलाई दिइएको समर्थन फिर्ता नलिने मुडमा माओवादी छ। नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको तयारी छ ।

माओवादी केन्द्रले तत्कालै सर्मथन फिर्ता नलिने बुझेपछि ओली विश्वासको मत लिन आफैं अघि सरेका हुन् । उता नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझै पनि ओलीको विपक्षमा बहुमत पुर्‍याउन सकेका छैनन् ।

जनता समाजवादी पार्टीभित्र यस विषयमा सहमति हुन नसक्दा कांग्रेस र माओवादी केन्द्र अविश्वास प्रस्ताव दर्ता गर्नबाट हच्किरहेका छन् ।जसपाको पूर्व राजपा पक्ष ओलीको पक्ष र पूर्वसंघीय समाजवादी पक्ष विपक्षमा छ ।

प्रतिक्रिया