

यस्तो छ राष्ट्र बैंकले अन्य बैंकलाई दिएको सात बुँदे निर्देशन, ग्राहकलाई कसरी सेवा दिने?

काठमाडौं– कोभिड–१९ महामारीका बेला विभिन्न बैंकले कसरी ग्राहकलाई सेवा दिने भन्ने सन्दर्भमा राष्ट्र बैंकले ७ बुँदे निर्देशनपत्र जारी गरेको छ।
बैंकमा २५ प्रतिशत भन्दा कम कर्मचारी राखी विद्युतीय सेवालाई प्राथमिकतामा राख्नका लागि दिइएको निर्देशनमा भनिएको छ,‘फेस टु फेस सेवा दिने काम सकभर नगराउनू।’

