संविधानसभा सदस्य रबनी चौधरीको निधन


गोदावरी – कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो ।

कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको निधन भएको उजका श्रीमान् मोतीलालले बताए ।

कैलालीको लम्कीचुहा नगरपालिका-६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का तर्फबाट २०७० सालको संविधानसभा सदस्य भएका थिए ।

प्रतिक्रिया