पोखरेललाई मुख्यमन्त्रीकाे उम्मेदवार बनाउने एमाले संसदीय दलको निर्णय


काठमाडौं– नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले मुख्यमन्त्रीको उम्मेदवार शंकर पोखरेललाई बनाउने निर्णय गरेको छ।

पोखरेलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएपछि एमाले संसदीय दलको बैठक बसेको थियो। ठूलो दलको हैसियतमा एमालेले सरकारको दाबी गर्दै पोखरेललाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

उनीमाथिको अविश्वासको प्रस्तावमा आज छलफल हुने कार्यसूची थियो। तर उनको राजीनामा आएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।

माओवादीका दुई, जसपाका ४ सांसद पदमुक्त भएपछि ८७ सदस्यीय प्रदेश सभा ८१ सदस्यीय छ। जहाँ एमालेको मात्रै ४१ सदस्य छन्। सरकार बनाउन यो बहुमत हो।

प्रतिक्रिया